नेकपा माओवादी केन्द्र शान्तिनगर स्तरिय दोस्रो पूर्ण बैठक र कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयंती वडा नंं ५ वैसामा सम्पन्न भएको छ।
गाँउ कमिटि सचिव गोविन्द भण्डारी को अध्यक्षता एवम् नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माकाे प्रमुख आतिथ्यता तथा प्रदेश सदस्य भिम बहादुर ओलीकाे विशिष्ट अातिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
साे कार्यक्रममा जिल्ला सदस्य मोहन अाेली, नेव वहादुर रोका, निर्वाचन क्षेत्र सदस्य खगेन्द्र शर्मा, युबा नेता निमेस कुमार ओली लगायतले बोल्नु भएको थियो।
साथै बैठकले गाउँ कमिटी सचिवालय सदस्यमा चित्र बहादुर घर्ती, कर्न बहादुर खत्री, इन्दिरा पुरी, प्रताप दाहाल, शिव सुवेदी, सालिकराम विक, गिरीराज वस्नेत, फत्य खड्का लक्ष्मण प्यारी चौधरी, रिता बटाला, तिलक वस्नेत, तेज वहादुर केसीलाई मनाेनयन गरेकाे छ।
बैठकले जनसरोकार विषयमा जनयुद्धका सहिद परिवार को तर्फ बाट गाउँपालिका सरकारलाई माग पत्र पेश गर्ने निर्णय गरेको छ । यस्तै आउँदो शनिबार गाउँपालिका स्तरिय अगुवा भेला गर्ने निर्णय गरेको छ ।