२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दाङमा इनारमा डुबेर ५ बर्षीय बालकको मृत्यु

दाङमा इनारमा डुबेर एक बालकको मृत्यु भएको छ । घोराही ६ धर्ना भैसापथ्रा निबासी ५ बर्षीय बालक प्रज्वल परियारको विहिवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे ।
उद्धार गरि उपचारको लागि घोराही तर्फ लैजाने क्रममा उनको दिउँसो ३ बजेतिर बाटोमै मृत्यु भएको थियाे । छिमेकी कुमानन्द नेपाली को इनारमा खस्दा बालकको मृृृृृत्यु भएकाे बालकका बुवा पदम परियारले जानकारी दिनु भयो । गत फागुनमा खनेको इनार लापरबाही गरि हाल सम्म पनि मर्मत नगर्दा घटना भएको परिवारले अाराेप लगाएकाे ।