२०७८ जेष्ठ ३ गते सोमवार
२०७८ जेष्ठ ३ गते सोमवार

काेभिड – १९ बाट बच्न सतर्कता अपनाअाैँ : बबई चेम्बर अफ कमर्स

बबई चेम्बर अफ कमर्सले नेपालमा महामारीकाे रूपमा फैलिएकाे दाेस्राे चरणकाे काेभिड -१९ बाट बच्नका लागि सतर्कता अपाउन बबई गाउँपालिकाबासी सबैमा अाग्रह गरेकाे छ । बबई चेम्बर अफ कमर्सका अध्यक्ष युवराज कडेल र सचिव रमेश विकले अाज एक प्रेस विज्ञप्ती जारी काेभिड -१९ संक्रमणबाट सुरक्षित रहनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्न बबईबासी, व्यवसायी, बुद्धिजिवि, राजनितिकर्मी, सुरक्षाकर्मी, समाजसेवी, कृषक, पत्रकार लगायत सबैमा अाग्रह गरेेकाे छ ।
‘हाम्राे बबई गाउँपालिकामा अत्याधिक काेराेना संक्रमण फैलिरहेकाे छ, यस्ताे अवस्थामा सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाकाे मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गर्न गर्न अनुराेध गर्दछाै’ विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।