२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

शान्तिनगरमा माेटरसाइकल दुर्घटना हुँदा घाइते

पश्चिम दाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
शान्तिनगर ४ जुम्लेखोला स्थित पोखरीडाँडाबाट शान्तिनगर तर्फ जादै गरेको रा ५ प ३२४६ नम्बरको मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएकाे हाे ।
घाइते हुनेमा शान्तिनगर २ निवासी मोटरसाइकल चालक छविलाल के.सी र सोहि मोटरसाइकलमा सवार उहाँकी २६ वर्षीया छोरी राधा के.सी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
घाइते दुवै जनाको राप्ती लाईफ केयर तुलसीपुरमा उपचार भईरहेको प्रहरीले बताएको छ ।