२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

दाङमा कोरोना संक्रमणबाट १५ वर्षीय बालकको मृत्यु


देउखुरीमा एक कोरोना संक्रमित १५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श माध्यामिक विद्यालय कक्षा ९ मा अध्ययनरत गढवा गाउँपालिका वडा नम्बर ६ निबासी बालककाे उपचारका क्रममा शुक्रबार भैरहवामा मृत्यु भएको हो ।

कोरोना संक्रमण भएर मृत्यु भएका ती बालकले वैशाख ६ टाउको दुख्यो भनेर शिक्षकलाई जानकारी गराएर विद्यालयबाट घर गएको प्रधानाध्यापक कुलचन्द्र पौडेलको भनाई छ । कक्षा ९ मा अध्ययनरत बालकको मृत्यु भएपछी दुई दिनको लागि विद्यालय बन्द गरिएको छ ।