२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

काेराेना नियन्त्रणमा सरकारले किन चासाे देखाएन ?

पछिल्लाे समयमा दाङ लगायत देशभर काेराेना संक्रमण तिब्र गतिमा फैलन थालेकाे छ । दैनिक काेराेना संक्रमितकाे संख्या बढ्दै गइरहेकाे छ । अहिले दाङकाे काेराेना विशेष अस्पताल बेलझुण्डिमा काेराेना संक्रमित विरामीले भरिभराउ छ । विरामीले अस्पालमा बेड पाउन नसकिएर भुईमा उपचार लिन बाध्य भएका छन् ।
यस्तै नेपालगञ्ज स्थित काेराेना अस्पताल भेरी अस्पतालमा विरामीकाे संख्या भन्दा बेड कम हुँदा उपचारमा समस्या पारेकाे छ ।
काेराेना महामारीले विकाराल रूप लिइरहदा सरकारले खासै चासाे नदिएकाे पाइएकाे छ । स्थानिय, संघिय र केन्द्र सरकारले काेराेना नियन्त्रण बाहिर जादापनि अावश्यक पहल नगरेकाे नागरिकले गुनासाे गरेका छन । सरकार अाफ्नाे सत्ता जाेगाउन मात्र सक्रिय भएकाे नागरिकले गुनासाे गर्दै अाएका छन् । काेराेना नियन्त्रण गर्न छाडेर पार्टिकाे अान्तरिक विवाद मै अल्झेकाे छ । काेभिड -१९ काे दाेस्राे चरणकाे महामारी फैलिरहदा यसपटक स्थानिय तह पनि काेराेना नियन्त्रणमा चासाे दिएकाे छैन् । सचेतना, उपचार लगायतका काममा स्थानिय तह लागेकाे छैन् ।
काेराेना संक्रमण तिब्र गतिमा फैलन थालेपछि केहि संघ संस्थाले सचेतना अभियान गर्न थालेका छन् । दाङमा काेराेनाबाट बच्नका लागि मास्क अनिवार्य प्रयाेग गर्नुपर्छ भन्ने सचेतना दिदै तपाईकाे मास्क अभियान चलाइएकाे छ । दाङका विभिन्न संघसंस्थाले घाेराही, तुलसीपुर, लमहि लगायतका शहरमा तपाईकाे मास्क अभियान चलाएका छन । सरकारले काेराेना नियन्त्रण गर्न कदम अगाडि बढाउन अावश्यक देखिन्छ ।