२०८० साउन १३ गते शनिवार
२०८० साउन १३ गते शनिवार

थप २६१८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड– १९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल १६ हजार ८२८ संक्रिय संक्रमित छन् ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ ।

कहाँ कति थपिए संक्रमित
मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेका ३५२, रुपन्देहीका २६८, दाङका १७२ र ललितपुरका १४१ जनामा संक्रमण देखिएको छ ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघिसकोको छ ।