२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

शान्ति समाजले १५ औं लोकतन्त्र दिवस मनायो

मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आज शनिवार १५ औं लोकतन्त्र दिवस मनाएको छ ।शाखा सभापति तुलसीराम सुनारको सभापतित्व एवम् तुलसीपुर उच्च बारका अध्यक्ष रबिन्द्र धितात तथा समाजका वरिष्ठ उपसभापति सुशील बस्नेतको बिशिष्ठ आतिथ्यमा लोकतन्त्र दिवस मनाईएको हो ।

सो अवसरमा केन्द्रिय सचिब निर्मल नेपाली, पुर्ब केन्द्रिय उपसभापति मोहन धिताल, उच्च बारका सचिव सुनिल धिताल, महिला अधिकारकर्मी सुष्मा गिरी,पुस्तक ब्यबसायी गणेश केसी,अपाङ्गताको तर्फबाट यज्ञबहादुर बिक लगायतले बोल्नुभएको थियो । त्यस अवसरमा सहिद स्मारकमा दिप प्रज्वलन गरिएको थियो । कार्यक्रमको सन्चालन कोषाध्यक्ष कोमल डाङ्गीले गर्नुभएको थियो ।