२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

भुइयारथान सभाहल तथा पहुना घर उदघाटन


तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ जबरपुरमा निर्मित भुइयारथान (ठन्ह्वा) सभाहल तथा पहुना घरको आज शनिवार उदघाटन गरिएको छ ।
भुइयारथान (ठन्ह्वा) मिर्माण समितिका अध्यक्ष राशरण चौधरीको अध्यक्षतमा प्रतिनिधि सभा सदस्य हिरा चन्द्र केसीले सभाहलको उदघाटन गर्नु भएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका केसीले थारुहरुको भूइयारथान मध्ये तुलसीपुर क्षेत्रमा रहेको भूइयारथान सबै भन्दा अग्र स्थानमा रहेको बताउनुभयो । त्यसैगरी विशिष्ट अतिथि प्रदेश सांसद धमकली चौधरीले थारुहरुको पहिचानको लागि सबै थारुहरु एकजुट भएर प्रत्येक गाँउमा भूइयारथान निर्माण गर्न जरुरी रहेकोमा जोड दिनुभयो । गाँउमा नसके प्रत्येक पालिकामा भूइयारथान निर्माण गर्नु पर्ने बताउनुभयो । त्यस्तै चौधरीले आगामि वर्षमा तुलसीपुरको भू¥यार थानको दोस्रो तला निर्माण गर्नका लागि आफुले प्रदेश सरकार संग सक्दो सहयोगको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा भूइयारथानका सल्लाहाकार तथा थारु वुद्धिजिवी रोहित थारुले संविधानमा थारु भाषा जगेर्णका लागि अधिकार पाएको भन्दै अव लेख्दा र बोल्दा पनि थारु भाषाको प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो ।
थारु नेता खुशी राम चौधरी , थारु वुद्धिजिवि इन्द्रजित चौधरी , थारु नेता रामजी चौधरी (मिलन), थारु अगुवा राम बहादुर दहित , मदन केसी , लगाएतको बोल्नु भएको थियो ।
सो अवसरमा भूइयार थानको सभाहल निर्माणका लागि आर्थिक तथा जिन्सी सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरीएको थियो ।
समितिका सदस्य विनोद चौधरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण उपाध्यक्ष नारायण चौधरीले गर्नु भएको थियो ।