२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

शान्तिनगरका विद्यालयमा आज देखि बार्षिक परीक्षा


दाङको शान्तिनगर गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आज देखि बार्षिक परीक्षा चल्दै छ । कोरोना संक्रमणको जोखिमलाई मध्ये नजर गर्दै सामाजिक दुरी कायम र स्वाथ्य सुरक्षाको मापदण्ड पुरा परीक्षा सञ्चालन गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए । विद्यालयमा २ सिफ्ट परीक्षा हुने अध्यक्ष डाँगीले बताए । कोरोना संक्रमणको जोखिम भन्दै करिब एक हप्ता सम्म विद्यालय बन्द गरेको गाउँपालिकाले आज देखि परीक्षा सञ्चालन गर्न लागेको हो ।