२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु

फाइल तस्वीर ।

कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका – १० का ३६ वर्षीय युवकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी बैशाख १० मा भर्ना भएका थिए । उनको आज विहान २ः ३० बजे मृत्यु भएको जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले बताउनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ ।