२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

तुलसीपुरका दुई वटा वडा कार्यालय सिल

जनप्रतिनिधि र कर्मचारीलाई कोरोना संक्रमण देखीएपछि तुलसीपुर उपमहानगरपालिकाका दुई वटा वडा कार्यालयलाई सिल गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० र १२ को वडा कार्यालयलाई आईतवार देखी सिल गरिएको हो । वडा नम्वर १० का वडा अध्यक्ष र वडा सचिवलाई कोरोना पोजेटिभ देखीएपछि वडा कार्यालय तिन दिनका लागी बन्द गरिएको हो ।

वडा अध्यक्ष र सचिवको घरपरिवारलाई समेत कोरोना पुष्टि भएको छ । उहाँहरु अहिले होम आईसोलेसनमा बसेको कोराना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभएको छ । उहाँका अनुसार तुलसीपुर १२ को वडा कार्यालयलाई पनि आईतवार देखी एक हप्ता सम्मका लागी बन्द गरिएको छ । वडा कार्यालयका कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय सिल गरिएको उहाले जानकारी दिनु भएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको जोखिमलाई मध्येनजर गदै वडा कार्यालय बन्द गरिएको हो ।

यस अघि तुलसीपुर ६ का वडा अध्यक्षलाई कोरोना संक्रमण देखीएपछि गएको शुक्रवार सम्मका लागी वडा कार्यालय बन्द गरिएको थियो । तर कोरोनाको जोखिम कायम भएता पनि सेवाग्राहीहरुको समस्यालाई मध्येनजर गदै आईतवारबाट सेवा सुचारु गरिएको वडा सदस्य दुजमान भण्डारीले जानकारी दिनुभयो । कोरोनाको जोखिम भएपनि सेवाग्राहीहरुको समस्यालाई ध्यानमा राखेर कार्यालय खुला गरिएको उहाले जानकारी दिनुभयो । वडा कार्यालय बन्द गरेता पनि अन्य कार्यालयहरु खुला हुने भएकाले सेवाग्राही दिनहुँ वडा कार्यालय आउने भएकाले सेवा सुचारु गरिएको हो ।