२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

भोलिदेखि बाँकेमा एक हप्ताका लागि लकडाउन गर्ने

 

भोलिदेखि बाँके जिल्लामा एक हप्ताका लागि लकडाउन गर्ने निर्णय भएको छ । यसअघि कोरोनाको उच्च जोखिम क्षेत्र नेपालगन्जमा मात्र लकडाउन गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी भाइरस संक्रमणको जोखिम जिल्लाभरी फैलिएको भन्दै त्यसको चेन ब्रेक गर्न लकडाउन गर्नु परेको उल्लेख गरिएको छ ।
जिल्लाभर लकडाउन जारी गरिएसँगै बाँकेका ८ वटै पालिकामा हिडडुल, सभा, जुलुश लगाएतका गतिविधिमा रोक लगाइएको छ । लकडाउनको उलङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० र स्थानिय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरीने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्धारा जारी आदेशमा उल्लेख छ ।