बबई गाउँपालिकामा कोरोना भाइरस संक्रमण र मृत्युदर बढ्न थालेपछि आज देखि लकडाउन गरिएको छ ।
अत्यावश्यक सेवा बाहेक यातायात, व्यापार, उद्योग धन्दा बिहे, पुजा, तालिम, गोष्ठी लगायत सबै क्षेत्र अर्को सूचना नभएसम्मका लागि लकडाउन गरिएको बबई गाउँपालिका प्रेस संयोजक प्रेम बहादुर राम्जाले जानकारी दिनुभयो । बबईमा यसअघि नै २४ गते सम्म विद्यालय बन्द गरिसकेको छ ।
गाउँपालिकामा कोरोना संक्रमितको संख्या १९ पुगेको छ भने २ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासन, उद्योगी , व्यापारीसंग समन्वय गरेर गाउँपालिकाले लकडाउन गरेको प्रेस संयोजक राम्जाले जानकारी दिनुभयो ।