२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

बबईमा कोरोना संक्रमणबाट वडाध्यक्षको श्रीमतीको मृत्यु

सांकेतिक तस्बिर ।

दाङको बबई गाउँपालिकामा कोरोना संक्रमणबाट वडाध्यक्षको श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिकाका वडा नं. ४ का वडाध्यक्ष टेक वहादुर वलीको श्रीमती युवा वलीको मृत्यु भएको हो । स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार उपचारका लागि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्जबाट घर फर्केपछि आइतवार राति उनको मृत्यु भएको हो । उनलाई पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।