२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

हापुरे उद्योग वाणिज्य संघद्धारा निशुल्क मास्क वितरण

हापुरे उद्योग वाणिज्य संघले निशुल्क मास्क वितरण गरेको छ । हापुरेमा रहेका व्यवसायी, स्थानीयबासी, यात्रु लगायत सम्पूर्णलाई निशुल्क मास्क वितरण गरेको हो । उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम केसी, उपाध्यक्ष हुकुम वहादुर वली, सचिव मोहन बुढा क्षेत्री सहितको एक टोलीले आइतवार सबैमा निशुल्क मास्क वितरण गरेको उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार घनश्याम घिमिरेले जानकारी दिनुभयो ।