२०८१ माघ २५ गते शुक्रवार
२०८१ माघ २५ गते शुक्रवार

देउखुरीमा एकै घरपरिवारका दुई बालिकाको निधन

प्रतीकात्मक तस्वीर ।

दाङको देउखुरीमा एकै घरपरिवारका दुई बालिकाको निधन भएको छ । राजपुर गाउँपालिका वडा नम्वर ६ बस्ने प्रेम बुढाकी छोरीहरु १३ बर्षिया बिनिता बुढा र ११ बर्षिया रिता बुढाको आईतवार विहान निधन ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । अघिल्नो दिन स्थानिय खोलाबाट ल्याएको माछा पकाएर खाएका उनीहरुलाई राती एक्कासी पखला सुरु भएपछि स्थानिय स्वास्थ्य संस्थामा उपचारका लागी लगीएको थियो ।

सोहि स्वास्थ्य संस्थामा उपचारकै क्रममा रिताको विहान २ बजे र बिनिताको विहान ६ बजे निधन भएको प्रहरीले बताएको छ । जिल्लाको विकट क्षेत्र मानिने उक्त क्षेत्र नेपाल र भारत संग जोडिएको सिमानाका भएकाले तत्काल सुविधा सम्पन्न अस्पतालमा पु¥याउन नसक्दा उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ । मृतकको शवलाई पोष्टमाटमका लागी लमही अस्पतालमा राखीएको छ । घटनाको बारे थप अनुसनधान भईरहेको प्रहरीले बताएको छ ।