२०८० साउन १६ गते मङ्गलवार
२०८० साउन १६ गते मङ्गलवार

सबै परीक्षा स्थगित

सरकारले अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिनुभयो । सीसीएमसीको निर्णयसँगै आजका परीक्षा पनि स्थगित हुने भएका छन् ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढिरहेको छ भने मृत्युदर पनि उच्च भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना सङ्क्रमित थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ समेत नहुने चेतावनी दिइसकेको छ । यस्तो संवेदनशील समयमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।