२०८० साउन १२ गते शुक्रवार
२०८० साउन १२ गते शुक्रवार

लुम्बिनी प्रदेशका तीन कोरोना अस्पताललाई ५०/५० लाख रुपैयाँ उपलब्ध गराउने

 

लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन प्रदेशभित्रका तीन कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री शङ्कर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार दाङ, बाँके र बुटवलमा रहेका कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले र भैरहवामा रहेका भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी एक करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने भएको छ ।
त्यसैगरी प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।