२०८० साउन ८ गते सोमवार
२०८० साउन ८ गते सोमवार

दाङका दुई कोरोना संक्रमितलाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाइयो

दाङका दुई जना कोरोना संक्रमितलाई हेलिकप्टर मार्फत थप उपचारका लागी काठमाण्डौ पठाईएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डिमा उपचाररत तुलसीपुर ७ बस्ने ३८ बर्षीय एक पुरुष र घोराही उपमहानगरपालिका १५ बस्ने ३३ बर्षीय एक पुरुषलाई हेलिकप्टर मार्फत काठमाडौं रेफर गरिएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।
संक्रमितको स्वास्थ्य अवस्था जटिल भएपछि काठमाण्डौ पठाईएको हो। संक्रमितको संख्या उच्च भएपछि अस्पतालमा अहिले वेड र अक्सिजनको अभाव भएको छ । अस्पतालमा उपचाररत संक्रमितको दिनहुँ जसो निधन हुने गरेको छ । हिजो घोराहीका एक संक्रमितको निधन भएको थियो भने आज तुलसीपुरका एक कोरोना संक्रमित पुरुषको निधन भएको उहाले जानकारी दिनुभयो । यो संगै अस्पतालमा भर्ना भएका संक्रमितको निधन हुनेको संख्या १२ पुगेको छ । जिल्लामा भने हाल सक्रिय संक्रमितको संख्या ६३० रहेको छ भने निधन हुनेको संख्या ६२ पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।