२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

काठमाडौंको नयाँ बसपार्कमा घर जाने यात्रुको भीड बढ्यो

काठमाडौंको नयाँ बसपार्कमा घर जाने यात्रुको भीड बढेको छ । काठमाडौं उपत्यकामा बैशाख १६ बिहिवार देखि निषेधाज्ञा हुने भएपछि यति वेला घर जानेको भिड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमवार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने निर्णय हो ।
अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमवारको निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमवार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो ।
लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् ।