कोरोना भाइरस संक्रण र मृत्युदर बढ्न थालेपछि लकडाउन गरेको दाङको बबई गाउँपालिकामा व्यापार, व्यवसाय विहान ८ बजेसम्म खुला हुने भएका छन् । गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले व्यापार व्यवसाय विहान ८ बजेसम्म खोल्न पाइने तर होटेल, रेष्टुरेन्ट भने पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । विपद् व्यवस्थापन समितिको बैठकमा बबई गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, प्रशासकीय अधिकृत भीष्म मल्ल, हापुरे उद्योग वाणिज्य संघ अध्यक्ष टीका राम खत्री, बबई चेम्बर अफ कमर्सका अध्यक्ष युबराज कडेल, ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नवीन चुदाली, ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख कृष्ण खड्का नेपाली कांग्रेस बबईका प्रतिनिधि कुल वहादुर केसी, नेकपा माओबादी केन्द्रका भिम ब वली, बबई स्वास्थ्य शाखाका प्रमुख हेमराज वली लगायत बबई गाउँपालिका वडा नं. १ देखि वडा नं. ७ नं. सम्मका सबै वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।
बैठकले गाउँपालिका भित्र रहेका अस्पताल, औषधि पसल, बैंक, वित्तिय संस्था स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने, विवाह, वर्तबन्धमा गाउँपालिका वा वडा कार्यालसँग अनुमति लिई १५ जना भन्दा बढी जम्मा हुन नपाइने निर्णय गरेको छ। यसै गरी बैठकले गाउँपालिका कार्यालयमा अत्यावश्यक सेवा र विकास निर्माणका काम बाहेक अन्य पूर्ण रुपमा बन्द गर्ने, अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नपाइने, हापुरे बजारमा सञ्चालन हुने सवारी साधन एकै ठाउँबाट सञ्चान गर्न नपाइने, सभा, सम्मेलन, गोष्ठी गर्न नपाइने र पिसिआर परिक्षण तथा कन्ट्याक ट्रेसिङलाई प्राथामिकता दिने निर्णय गरेको छ ।
साथै संक्रमितहरुको कन्ट्रयाक ट्रेसिर्ङ , पिसिआर चेक गर्ने कार्यलाई प्राथमिकता दिने र आम नागरीकलाई होम क्वारेन्टाइन तथा आइसोलेसनमा बस्न आग्रह गर्ने निर्णय गरेको जनाइएको छ ।