२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

दाङमा बैशाख १७ गते देखि २५ गते सम्म लकडाउन हुने

दाङमा बैशाख १७ गते विहान ६ बजे देखि २५ गते बेलुकी ६ बजे सम्म लकडाउन हुने भएको छ । दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले दाङमा बैशाख १७ गते २५ गते ९ दिन सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

खाद्यन्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्नेछन् । अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाईएको छ । यस्तैगरी बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पताललाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय वेडको बनाउने निर्णय गरेको छ । यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०÷४० वेड क्षमताको आईसोलेसन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आईसोलेसन बनाउने निर्णय भएको छ । साथै कोरोना माहामारीको लागी खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न दुई उपमहानगरपालिकाले मासीक डेढ लाख रुपैयाका दरले र पालिकाले एक लाख रुपैयाका दरले रकम उपलब्ध गराउने निर्णय पनि भएको छ ।