२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

शान्तिनगरमा १२ गते देखि जारी परीक्षा स्थगित

शान्तिनगर गाउँपालिकामा गत बैशाख १२ गते देखि जारी सामुदायिक तथा संस्थागत विद्यालयको परीक्षा स्थगित हुने भएको छ ।  शान्तिनगर गाउँपालिका शिक्षा शाखाले आज एक प्रेस विज्ञप्ति जारी गरी परीक्षा स्थगित हुने जनाएको हो ।

शिक्षा शाखाद्धारा जारी प्रेस विज्ञप्तिमा बैशाख १३ गतेको नेपाल सरकार मन्त्रीपरिषदको विद्यालय पठनपाठन बन्द गर्ने निर्णयानुसार , यस शान्तिनगर गाउँपालिकामा रहेका सबै सामुदायिक तथा सस्थागत विद्यालयहरुमा बैशाख १२ गते देखी संचालन हुँदै आइरहेको बार्षिक परिक्षा लगायतका भौतिक रुपमा हुने शिक्षण सिकाइ क्रियाकलाप अर्को सुचना नआउन्जेल सम्मको लागि स्थगित गरिएको ब्यहोरा जानकारी गराइन्छ भनि उल्लेख गरिएको हो ।