२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

पश्चिमाञ्चल डिष्ट्रिब्युटर नेपालगन्जलाई दुई लाख रुपैयाँ जरिवाना

आज नेपालगन्जका विभिन्न औषधि र सर्जिकल पसलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा अक्सिमिटर, सेनीटाइजर जस्ता अत्यावश्यक बस्तुको मुल्य र गुणस्तरमा उपभोक्तालाई झुक्याउने गरि लेवलमा अधिकतम खुद्रा मुल्य केरमेट गर्ने र उपभोग्य म्याद समाप्त भएका सेनीटाइजर बिक्रि गर्ने एक सर्जिकल पसललाई तत्काल कारबाही गरिएको छ ।
कारबाही स्वरूप पश्चिमाञ्चल डिष्ट्रिब्युटर नेपालगन्जलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।लेवलमा केरमेट गरिएका अक्सिमिटर लगायतका वस्तु बिक्रि नगरी फिर्ता गर्न निर्देशन दिईएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगंजका सुचना अधिकारी चौलागाईले जानकारी दिनुभयो ।