२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

सल्यानको श्रीनगर बजार एक साताको लागि बन्द हुने

सल्यानको श्रीनगर बजार एक साताको लागि बन्द हुने भएको छ । बजारका केही व्यापारी र कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि बन्द गर्ने निर्णय भएको हो। मंगलबार शारदा नगरपालिका वडा नं.१ ले एक सुचना जारीगर्दै वडा नं. १ मा पर्ने श्रीनगर बजार सहित वडाका सवै व्यापार व्यवसाय बन्द हुने बताएको छ।
कोरोना भाइरस फैलिन सक्ने संभावित जोखिमलाई गम्भीरतापूर्वक लिदै वैशाख १५ गतेदेखी २२ गतेसम्म बजार तथा सम्पूर्ण वित्तिय संस्था बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष नवराज बुढाथोकीले बताए।
यद्यपि स्वास्थ्य संस्था, डरी, पेट्रोलिय पदार्थ, खानेपानी र बैंक एटिएम जस्ता सेवा संचालन हुनेछन । त्यस्तै बिहान ६ ः ३० बजेदेखि ८ ः ३० बजेसम्म स्वस्थ्य मापदण्ड पालना गरेर दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्यान्न, ग्यास किनमेल गर्न पाईने बताईएको छ ।
यसैबीच सल्यानको प्रमुख पर्यटकीय स्थल कुपिण्डे तालमा जानलाइ रोक लगाइएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ कुपिण्डे ताल नजिकै रहेको बाबियाचौर बजारमा एक जना व्यापारीलाइ कोरोना देखिएपछि ताल सँगै बजार पनि बैशाख १५ देखि २२ गतेसम्मलाइ बन्द गरिएको हो ।