२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

शान्तिनगरको धनौरी स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन स्थापना

शान्तिनगर गाउँपालिकाले धनौरी स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन स्थापना गरेको छ । बढ्दो कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै शान्तिनगर गाउँपालिकाले धनौरी स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन स्थापना गरेको हो ।

हाल ११ वेडको आइसोलेशन तयार पारेको र आवश्यकता अनुसार २० वेड सम्म थप्न सकिने गरी तयारी गरिएको शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिनुभयो । अक्सिजनले उपचार गर्न सकिने विरामीलाई पालिकामै उपचार गरिने गरी व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख पुनले बताउनु भयो । विरामीको उपचारका लागि पालिकाले १ जना चिकित्सकको पनि ब्यबस्थापन गरेको छ । पालिकामा कुनै ब्यक्तिलाई कोरोनासंग सम्बन्धित समस्या भएमा आफ्नो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न शान्तिनगर गाउँपालिकाले सबैमा आग्रह गरेको छ ।

शान्तिनगरगाउँपालिकामा अहिले २२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । एन्टिजेन विधिबाट पनि गाउँपालिकाले कोरोना परिक्षण गर्दै आएको छ । २२ जना सक्रिय कोरोना संक्रमित मध्ये एन्टिजेन विधि ११ जनाको गाउँपालिकामै परिक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख पुनले बताउनुभयो । एन्टिजेन विधिबाट कोरोना परिक्षण गर्ने शान्तिनगर गाउँपालिका दाङको पहिलो गाउँपालिका हो ।