दाङको तुलसीपुरमा घर निर्माण गर्ने क्रममा दुईतला माथिबाट खसेर एक जना गम्भिर घाइते भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा अम्मर केसीको घर निर्माण गर्दै गर्दा बिहान ११ बजे खस्दा तुलसीपुर उपमहानगरपालिका –४ खाद्रे निबासी ३५ बर्षका जोग बहादुर बुढा गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ ।