२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

बिहे भोजमा सहभागी १५ जनामा कोरोना संक्रमण

सांकेतिक तस्वीर ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बिहे भोजमा सहभागी १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही दिनअघि भएको बिहे भोजमा सहभागी एकजनामा संक्रमण पुष्टि भएपछि छरछिमेकीहरुको पनि परीक्षण गरिएको थियो । त्यसक्रममा १५ जनामा संक्रमण पुष्टि भएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले बताए ।