२०८० साउन १२ गते शुक्रवार
२०८० साउन १२ गते शुक्रवार

नेपालगञ्जमा थप ५० सय्याको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार

नेपालगञ्ज उप–महानगरपालिकाले रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सैय्याको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार पारेको छ ।
कार्यबाहक नगरप्रमुख उमा थापा मगरका अनुसार, बिहिवारदेखि कोभिडका विरामीहरुको उपचार सुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उप–महानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख थापा मगरले जानकारी दिनुभयो ।

बुधबार कार्यबाहक नगरप्रमुख उमा थापा मगर, वडा नम्बर २ का वडा अध्यक्ष सुनील सिंह हमाल, भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापा र डा. बद्री चापागाईले आईसोलेसन वार्डको अनूगमन गर्नुभएको छ । अनूगमनपछि डा. थापाले आईसोलेसन वार्ड सुविधा सम्पन्न रहेको भन्दै यसबाट भेरी अस्पतालमा विरामीको चाप कम गर्न समेत सहज हुने बताउनुभयो ।