बबई गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि ३० बेडको अस्पताल निर्माण गर्ने भएको छ । आज बसेको बबई गाउँपालिकाको कार्यापालिकाले बैठक यस्तो निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा बसेको बैठकले हापुरेमा ३० बेडको अस्पताल निर्माण तथा सन्चालन गर्ने, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि २० लाखको कोष निर्माण गर्ने, कोरोना विशेष अस्पताल बेलझुण्डीलाई १ लाख सहयोग गर्ने निर्णय गरेको गाउँपालिका प्रेस संयोजक प्रेम वहादुर राम्जाले जानकारी दिनुभयो । साथै बैठकले बबई गाउँपालिका कार्यापालिका सदस्य तथा वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर वलीकी धर्मपत्नी युबा वलीको निधनप्रती श्रद्धाञ्जली र समबेदना प्रकट गरेको छ ।