दाङको दंगिशरणमा करेन्ट लागेर एकै घरका दाजुभाइ घाइते भएका छन् । बिहान १० बजे दंगीशरण गाउँपालिका–१ बाँकी रामपुरमा ना३ख ९५९२ नम्बरको बसको छतमा पलाष्टिकको ड्रम राख्ने क्रममा विद्युतको नाङ्गो तारले छुदाँ करेन्ट लागेका थियो ।
घाइते हुनेमा दंगीशरण गाउँपालिका–१ बाँकी निबासी १८ बर्षका बिमल डाँगी र १५ बर्षका भुवन डाँगी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।