२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

जमुनहा सिमानाकामा कडाई


कोरोना संक्रमण र मृत्युको सिलसिला दैनिक रुपमा बढ्न थाले संगै बाँकेको जमुनहा सिमानाका र आसपासको भित्री नाकामा समेत आवतजावतमा कडाई गरिएको छ ।
पछिल्लो समय देशभर नै कोरोना संक्रमणको जोखिमले बाँके राष्ट्रिय समाचार बनिरहेको बेलामा सिमानाकामा कडाई थालिएको हो ।
सशस्त्र प्रहरी बल बोर्डर अफ पोष्ट जमुनहा अन्तरगतको टोलिले जमुनाहा सिमानाका र दशगजा क्षेत्रमा कडाई गरेको हो ।
जमुनहा सिमानाका मात्रै होईन, भित्री बाटोहरुमा समेत सशस्त्र प्रहरीले ब्यारिगेट निर्माणा गरेर आवतजावतमा कडाई गरेको छ भने, दशगजा क्षेत्रमा सशस्त्र प्रहरी बोर्डर अफ पोस्ट जमुनहाका सशस्त्र प्रहरी निरीक्षक जिबलाल बुढा आफै खटिने गरेका छन् ।
सशस्त्र प्रहरी बलले सिमानाकामा गरेको कडाई पछि जमुनहा सिमानाका सुनसान बनेको छ । अनावश्यक रुपमा गरिने आवतजावतलाई पुर्णरुपमा बन्देज गरिएको छ ।
छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशमा कोरोना संक्रमणको दर तिब्र रुपमा बढेको र नेपाल(भारत खुल्ला सिमानाको कारण नेपाल प्रवेश सहज भएको अवस्थामा भारतबाट नेपाल आउने क्रममा कोरोना संक्रमण अझै बिकराल हुने भन्दै सिमानाकामा सशस्त्र प्रहरी बल बिओपी जमुनहाले कडाई गरेको सशस्त्र प्रहरी निरीक्षक जीवन बुढाले बताएका छन् ।