२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

लमही सहकारीद्धारा मास्क नलगाई हिडेकालाई मास्क वितरण

लमही बचत तथा ऋण सहकारी सस्था लमहीले आज एकदिने तपाइको मास्क खै अभियान संचालन गरेको छ । सस्थाले लमही बजार बसपार्क लगायतका बजार क्षेत्रहरुमा मास्क नलगाई हिडेका बटुवा तथा सार्बजनिक सवारी साधनका यात्रुहरुलाई तपाईंको मास्क खोई भन्दै मास्क नलगायर हिडेकालाई निशुल्क मास्क उपलब्ध गराउदै सम्पुर्णमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह समेत गरेको हो ।
दोश्रो चरणमा फैलियको कोभिड १९ अर्थात कोरोना भाइरस जिल्लामा अनपेक्षित रुपमा फैलन थालेपछि सस्थाले तपाइको मास्क खै अभियान थालेको लमही बचत तथा रिण सहकारी सस्थामा अध्यक्ष पुनिराम चौधरिले बताए ।
कार्यक्रममा लमही बचत तथा रिण सहकारि सस्थाका पदाधिकारी , कर्मचारी सल्लाहकार तथा सामुदायिक प्रहरि, वडा प्रहरि, पत्रकार लगायतको सहभागिता रहेको थियो। तपाइको मास्क खै कार्यक्रमले मास्क नलगायकाहरुलाई मास्क लगाउन उत्पेरित गर्ने लमही बचत तथा रिण सहकारी सस्थाका सल्लाहकार तथा अकोराबका लुम्बिनी प्रदेशका निबर्तमान अध्यक्ष के पि घिमिरे ले बताए । कार्यक्रम लमही बचत तथा रिण सहकारि सस्थाका अध्यक्ष पुनिराम चौधरिको नेतृत्वमा गरियको थियो भने अभियानको सहजीकरण सस्थाका लेखा समिति सदस्य योगमाया शाहिले गरेकि हुन ।