२०८० साउन ११ गते बिहिवार
२०८० साउन ११ गते बिहिवार

दाङमा भोली १७ गते देखि २५ गते सम्म लकडाउन

दाङमा भोली १७ गते देखि २५ गते सम्म लकडाउन हुदैछ । विहान ६ बजे देखि २५ गते बेलुकी ६ बजे सम्म लकडाउन हुने भएको हो । गत १४ गते दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले दाङमा बैशाख १७ गते देखि २५ गते ९ दिन सम्म लकडाउन गर्ने निर्णय गरेको थियो । लकडाउनमा खाद्यन्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्नेछन् । अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा वन्द हुनेछन् ।