२०८० साउन ४ गते बिहिवार
२०८० साउन ४ गते बिहिवार

लुम्बिनी सरकारमा सहभागी जसपाका ४ मन्त्रीको सांसद पद गुम्यो

 

सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै मन्त्री भएका जनता समाजवादी पार्टीका ४ जनाको सांसद पद गुमेको छ।
जनता समाजवादी पार्टी संसदीय दलले पार्टीको निर्णय विपरीत मन्त्री भएको भन्दै जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव,र कल्पना पाण्डे र सुमन शर्मा रायमाझीको पद गुमेको हो। यसअघि उनीहरूलाई पार्टीले २४ घण्टे स्पष्टीकरण पत्र सोधेको थियो। त्यसको जवाफ नदिएपछि संसदमा सदस्य नभएको पत्र जसपा संसदीय दलले सचिवालयमा दर्ता गराएको थियो।
सोहीअनुसार लुम्बिनी प्रदेशसभाले बिहीबार सूचना टाँस गर्दै उनीहरू प्रदेशसभा सदस्य नरहेको जनाएको छ।