२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

आजदेखि लकडाउन, सुनसान दाङ

दाङमा आज १७ गते देखि लकडाउन सुरु भएको छ । आज विहान ६ बजे देखि २५ गते सम्म लकडाउन हुनेछ । दाङमा कोरोना संक्रमण र मृत्युदर दैनिक बढ्थाले पछि यसको निणन्त्रण र रोकथामका लागि लकडाउन गरिएको हो । लकडाउनका कारण दाङमा सुनसान भएको छ । अत्यावश्यक बाहेक, यातायात, व्यापार, उद्योगधन्दा, शैक्षिक संस्था लगायत सम्पूर्ण क्षेत्र बन्द रहेको छ । गत १४ गते दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले दाङमा बैशाख १७ गते देखि २५ गते ९ दिन सम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।