सांकेतिक तस्बिर ।
रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । सुनछहरी गाउँपालिका ७ जेलबाङका बालक अभिषेक पुनमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
वडा नम्बर ५ पोवाङमा पुनलाई विहिवार बेलुकी चट्याङले लागेको हो । पोषणभत्ताको लागि बैंकमा खाता खोलेर अभिभावक सहित घरफर्किरहेका बेला चट्याङले लागेको थियो । यस्तै चट्याङ लागेर परिवर्तन र त्रिवेणिमा १÷१ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।