२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

सल्यानमा बैशाख १९ गते देखि जेठ १ सम्म लकडाउन

सल्यानमा बैशाख १९ गते आइतवार देखि निषेधाज्ञा हुने भएको छ । नयाँ भेरियन्टको कोभिड १९ जिल्लाका सबै पालिकाहरुमा तिव्र रुपमा फैलिएको भन्दै वैशाख १९ गतेदेखि जेठ १ गतेसम्म निषेधाज्ञा गरिने जनाइएको छ ।

जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र सल्यानको बिहीबार भएको वैठ्कले वैशाख १९ गते बिहान ६ बजेदेखि जेठ १ गते राती १२ बजेसम्म कायम हुने गरी निषेधाज्ञा गर्ने निर्णय गरेको हो । । निषेधाज्ञाको क्रममा अत्यावश्यक बाहेकका सम्पूर्ण सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्न पूर्णरुपमा रोक लगाइएको छ । यस्तै बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक लगायतका खाद्यन्न, तरकारी, फलफुल, दुग्धजन्य, औषधी र स्वास्थ्य सामाग्रीका पसलहरु स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिइन ।

अत्यावश्यक सरकारी तथा सार्वजनिक कार्यालय बाहेक अन्य सेवाहरु स्थगन गर्ने, अन्य जिल्ला वा भारत गई फर्कने व्यक्तिहरु १० दिनसम्म स्थानीय तहले निमार्ण गरेका क्वारेनटाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्ने, जिल्ला अस्पतालमा २० वेडको आइसोलेशन तथा कोरोना उपचार कक्ष निमार्ण गर्ने निर्णय भएको उनको भनाई छ ।

कोरोना भाइरसको संक्रमण फैलिएसँगै यसअघि विभिन्न स्थानीय पालिकाहरुले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरी सकेका छन् ।
नयाँ भेरियन्ट सहितको कोरोनाबाट सल्यान हालसम्म २ जनाको मृत्यु भइसकेको छ ।