२०८० साउन ५ गते शुक्रवार
२०८० साउन ५ गते शुक्रवार

जंगलमा लागेको डढेलो बस्तीमा पस्दा चार घरगोठ जलेर नष्ट

सल्यानमा जंगलमा लागेको डढेलो बस्तीमा पस्दा चार घरगोठ जलेर नष्ट भएका छन् । डढेलोले कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरमा चार घरगोठ जलेर नष्ट भएका छन् ।

पोखरा सामुदायिक वनमा लागेको आगो बिहीबार साँझ बस्तीमा पसेको थियो । बस्तीमा पसेको डढेलोले स्थानीय जीत बहादुर डाँगीको घर गोठ, दीपक खत्रीको घर जलेका छन् । यस्तै शेर बहादुर खड्का र रुपलाल डाँगीको गोठ जलेर नष्ट भएको स्थानीय दीपक भण्डारीले जानकारी दिए ।
आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, महत्वपूर्ण सरसामान जलेर नष्ट भएका छन् । पानी परेपछि जंगल र बस्तीमा लागेको आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।