२०८० साउन १६ गते मङ्गलवार
२०८० साउन १६ गते मङ्गलवार

थप ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९२८ रहेको छ ।