२०८० साउन ७ गते आइतवार
२०८० साउन ७ गते आइतवार

तुलसीपुरमा ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माण

कोरोना संक्रमित विरामीको उपचारकालागि तुलसीपुरमा ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टर निर्माण गर्नेकाम अन्तिम चरणमा पुगेको छ ।
तुलसीपुरको भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र (मेट्रो हस्पिटल) मा निर्माण गर्न लागिएको ५० बेडको अक्सिजन सहितको आइसोलेसन सेन्टरको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा स्थित मेट्रो हस्पिटलमा अक्सिजन सहितको आइसोलेसन सेन्टर बनाउने काम अन्तिम चरणमा पुगेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमपी न्यौपानेले जानकारी दिनुभयो ।
शाखा प्रमुख न्यौपानेका अनुसार अबको दुईदिनभित्र आइसोलेसन संचालनमा आउने छ ।

त्यहाँ अहिले विद्युत, धारा जडान, वाइरीङ, डाक्टर तथा नर्सका लागि आवास, चेन्जिङ रुम र शौचालयको निर्माण कार्य सम्पन्न भएको छ । शनिबार र आइतबारसम्म अक्सिजन र बेडको व्यवस्था गरिसक्ने शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
अक्सिजनको अभावमा कोरोना संक्रमितको ज्यान जोखिममा पर्ने भएकाले बचाउनका लागि अक्सिजन सहितको आइसोलेसन बनाउन थालिएको तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जानकरी दिनुभयो । आइसोलेसन सेन्टरको अनुगमण गर्दै नगर प्रमुख पाण्डेले छिटो निर्माण गरी कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन निर्देशन समेत दिनुभयो ।