२०८० साउन ६ गते शनिवार
२०८० साउन ६ गते शनिवार

बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

फाइल तस्वीर ।

चितवनमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माडी नगरपालिका–८ शान्तिपुरका ४५ वर्षीय नवराज ढकाल रहेको प्रहरीले जनाएको छ । ढकाल बारीमा घाँस काटिरहेको समयमा बँदेलले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार साँझ भएको हो ।