२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

भारतको गुजरातस्थित कोरोना अस्पतालमा आगलागी, १२ जना बिरामीको मृत्यु

भारतको गुजरातस्थित एउटा कोरोना अस्पतालमा आगलागी हुँदा कम्तिमा १२ जना बिरामीको मृत्यु भएको छ। मृतकको संख्या बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भरूचको वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेतिर आगलागी भएको त्यहाँको प्रहरी चौकीका एसपी राजेन्द्रसिह चुडास्माले जानकारी दिएका छन्।
अस्पतालका अनुसार उपचाररत १२ बिरामीले ज्यान गुमाएका छन्। आगलागीमा परेर कयौं बिरामीहरू गम्भीर घाइते भएका छन्।