२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

तुलसीपुरकी ४६ बर्षिया एक महिलाको कारोनाबाट मृत्यु

सांकेतिक तस्बिर ।

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डिमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ बस्ने ४६ बर्षिया एक महिला रहेको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो ।

अस्पतालमा गएको शनिवार देखी आईसियु कक्षमा उपचाररत ती महिलाको आज शनिवार विहान सवा दुई बजे मृत्यु भएको हो । उहाँलाई निमोनिया संगै कोरोना संक्रमण देखीएको थियो । यो संगै अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १४ पुगेको छ । अहिले अस्पतालमा ४८ जना उपचाररत रहेको व्यवस्थापक वलीले जानकारी दिनुभयो ।