२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

खानेपानीमा काम गर्ने मजदुर भेरीमा नुहाउने क्रममा बेपत्ता

सल्यानको सल्लीबजार लिफ्ट खानेपानीमा काम गर्ने मजदुर भेरीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।

भेरीमा नुहाउने क्रममा रोल्पा रुन्टिगडि गाउँपालिका वडा ६ निवासी १९ वर्षीय अर्जुन बुढा शनिबार दिउँसो बेपत्ता भएका हुन्। भेरीमा बेपत्ता बुढाको इलाका प्रहरी कार्यालय सल्लिबजारले खोजीकार्य जारी रहेको बताएको छ। सल्लिबजार लिफ्ट खानेपानीको इनारको काम भइरहेको स्थानदेखि उनी बगेको हुन सक्ने प्रहरीको अनुमान गरेको छ।