२०८१ साउन ६ गते आइतवार
२०८१ साउन ६ गते आइतवार

शान्तिनगरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दाङको शान्तिनगरमा थप ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । आज ५ जना थपिए संगै शान्तिनगर गाउँपालिकामा सक्रिय संक्रमितको संख्या २७ जना पुगेको स्वास्थ्य शाखा संयोजक हरी पुनले जानकारी दिनुभयो ।
धनौरी स्वास्थ्य चौकीको आईसोलेशनमा २ पुरूष र १ महिलालाई चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको स्वास्थ्य शाखा संयोजक पुनले बताउनुभयो ।

यस्तै स्वास्थ्य शाखा संयोजक पुनका अनुसार सक्रिय संक्रमित मध्ये ३ जना बेलझुण्डि कोरोना विशेष अस्पताल र १ जना भेरि अस्पतालमा रहनु भएको छ । शान्तिनगर गाउँपालिकाले कोभिड ब्यबस्थापनलाई लक्षित गरि धनौरी स्वास्थ्य चौकीमा कोभिडका संकास्पद बिरामिहरूको चिकित्सकको सल्लाह बमोजिम कोभिड एन्टिजेन टेष्टको ब्यबस्थापन गर्नुका साथै संक्रमितहरूको उपचार समेत ब्यबस्थापन भइरहेको छ ।