१३२ औ अन्तराष्ट्रिय श्रमिक दिवसको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले भर्चुअल मार्फत अन्तरक्रिया आज शनिबार सम्पन्न गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा मजदुरको पारिश्रमिक र भौतिक सुरक्षाको अधिकारको सुनिश्चीताका लागि सरकारका तिनै तहलाई जिम्मेवार बन्न अनुरोध गर्ने ,कोभिड कहरबाट बचाँउन संघिय सरकारलाई प्रमुख जिल्ला अधिकार मार्फत जिल्ला शाखाहरुले ध्यानाकर्षण गराउने ,कोभिडबाट पीडितहरुलाई सहज र सरल तरिकाले भ्याक्सीन उपलब्ध गराउन सरकारसगँ माग गर्ने र नेपाल सरकारलाई कोभिडलाई परास्त गर्न एन आर एन जस्ता संघसस्थाहरुसँग सहयोगका लागि अपिल गर्ने लगायतका सुझाबहरु दिएका थिए ।
केन्द्र्रिय सभापति गोबिन्द खनाल,संस्थापक सदस्य कृष्ण कँडेल,केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,उपसभापति कृष्ण रावल, मानव अधिकारकर्मी एव सामाजिक अभियान्ता प्रताप पौड्ेल,केन्द्रिय सचिव धिरज थापा,केन्द्रिय सदस्य निर्मल नेपाली,लक्ष्मीनारायण मिश्र र चन्द्रमणी बन्जाारा,बाँेकका सभापति प्रभाकर भट्टराई,सल्यान सभापति बिष्णु शर्मा,चितवन शाखा सभापति शम्भु रावत,झापा सभापति लिलाप्रसाद भण्डारी,गुल्मी शाखा सभापति ढुण्डीराज पोख्रेल लगायतले मजदुर श्रमिकको अबस्था र अधिकार तथा कोभिडबाट बँच्न र बचाँउन गर्न सकिन उपायका बारेमा बोल्नुभएको थियो । समाजका शाखा सभापति प्रभाकर भट्टराई र केन्द्रिय सदस्य चन्द्रमणी बन्जाराले कोभिड संक्रमणका कारण नागरिकहरुले ज्यान गुमाई राखेको र राम्रो उपचार पाउन नसकेको भन्दै भावुक हुनुभएको थियो । ४० बढीको सहभागिता रहेको उक्त कार्यक्रमको सहजिकरण महासचिब रामकृष्णले गर्नुभएको थियो ।