२०८१ साउन ३ गते बिहिवार
२०८१ साउन ३ गते बिहिवार

थप ५,७६३ जनामा कोरोना सङ्क्रमण पुष्टि

सांकेतिक तस्वीर ।

पछिल्लो २४ घण्टामा ५,७६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१४ हजार नौ सय ६९ पीसीआर परीक्षण गर्दा ५७ सय ६ र पाँच सय ६६ एन्टिजेन परीक्षण गर्दा ५७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा परीक्षण गरिएकामध्ये झण्डै ४० प्रतिशतमा कोरोना देखिएको छ ।

काठमाण्डौ उपत्यकामा मात्रै २४ सय ९५ जना सङ्क्रमित थपिएका छन् । काठमाण्डौमा १९ सय ३२ जना, ललितपुरमा तीन सय ५५ र भक्तपुरमा दुई सय ८ जनामा कोरोना पुष्टि भएको छ आज थपिएकासँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या तीन लाख २८ हजार आठ सय ९३ पुगेको छ ।

यस्तै १२ सय ८७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ८२ हजार तीन सय ८२ पुगेको छ । यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ सय ९८ पुगेको छ । अहिले ४३ हजार दुई सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।