सांकेतिक तस्बिर ।
सल्यानमा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । जिल्ला अस्पताल सल्यानमा उपचाररत एक महिला र पुरुषको शनिवार मृत्यु भएको हो ।जिल्लाको बागचौर नगरपालिका २ का २६ वर्षीय पुरुष र रोल्पा गंगादेव गाउँपालिका ३ की ४८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यो संगै सल्यानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै सल्यानमा संक्रमणदर र मृत्युदर बढेको छ ।